देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आम हड्ताल फिर्ता नलिए सरकारले वैकल्पिक व्यवस्था गर्छ : मन्त्री महासेठ

देशान्तर

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बससँगै अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्घोष गरेका छन् ।सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री महासेठले बसको सिण्डिकेट खारेज सगैँ आगामी दिनमा मिनिबस र ट्यकक्सीमा पनि सिण्डिकेट खारेजी गरेर कम्पनी ऐन अन्तर्गत व्यवस्थित बनाउने बताए ।

 

 

पर्यटक र आम सर्वसाधारणले निर्धक्क भएर सुविधाजनक यात्रा गर्न पाउनुपर्ने बताउँदै उनले सरकार सोही अनुसार अघि बढिरहेको स्पष्ट पारे । मन्त्री महासेठले तीन महिनाभित्रै कम्पनी ऐन अन्र्तगत व्यवसायीहरु नआए आफूहरुले बाध्य भएर वैकल्पिक व्यवस्था अपनाउने चेतावनी दिए ।

 

आम हड्ताल फिर्ता व्यवसायीले नलिए सरकार वैकल्पिक व्यवस्था गर्न बाध्य हुने उनको भनाई थियो । फरक प्रसंगमा उनले सन् २०१८ भित्रै नेपालमा रेल चल्ने दावी गरेका छन् ।