काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वलाई गिरोहले कठपुतली जसरी नचाएको बताएका छन् ।केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता पौडेलले पार्टी सभापतिसम्म पुग्न कर छल्ने, कमिसन खोर, कालाबजारीहरुसँग दयामायाको भिख माग्नु पर्ने अवस्था रहेको बताए । उनले निर्वाचनको मात्र नभई समग्र कांग्रेसकै समीक्षा गर्न जरुरी रहेको बताएका छन् ।
उनले भने, ‘जनतामा भिजेको नेतृत्व स्थापित गराउने कि गिरोहको कठपुतलीका रुपमा नचाउने नेतृत्व स्थापित गर्ने ? सोच्नु पर्ने बेला आएको छ ।’कांग्रेस गुट होइन, गिरोहले चलाएको छ । त्यो गिरोहलाई आफ्ना दाइहरुसँग मतलब छ, सिद्धान्तसँग मतलब छैन । म माग गर्छु, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आजको ब्याख्याबारे सबै तहमा छलफल गरौं ।’
पार्टीलाई प्राइभेट कम्पनी र कार्यकर्तालाई दास सम्झनेदेखि आर्थिक लाभलाई मात्र महत्व दिने आफ्नो फाइदाका लागि पार्टीलाई नै दाउमा थाप्लेसम्मका प्रवृत्ति रहेको उनले बताए । युवा नेताहरुको ‘६ भाइ’ समूहका एक सदस्य पौडेलले शीघ्र महाधिवेशन गर्न र क्रियाशील सदस्यहरुले भोट हालेर सभापति चुन्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।
प्रतिक्रिया