काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बर्तमान सरकार दुईतिहाई मत देखाएर संवैधानिक अंगहरुलाई तर्साउन लागेको भन्दै प्रधानमनत्री ओलीलाई दुई तिहाइको दम्भ नदेखाउन चेतावनी दिएका छन ।
नेता पौडेलले चितवनमा पशु प्राविधिक सेवा संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको उदघाटन गर्दै केपी ओली नेतृत्वको सरकार दुईतिहाईको संख्या देखाएर न्यायलय, अख्तियार जस्ता संवैधानिक अंगलाई तर्साएर नियन्त्रण गर्न लागेको आरोप लगाए ।
उनले सरकारले दुईतिहाईको संख्या देखाएर आफूले भनेजस्तो नगरे महाअभियोग लगाउन सक्छौं भन्ने मनोबैज्ञानिक त्रासमा संवैधानिक निकायका पदाधिकारीहरुलाई राखेको उल्लेख गर्दै पौडेलले यस्ता दम्भ धेरै समय नटिक्ने दाबी गरे ।
उनले नेपालमा सुशासनको लागि नेता र पार्टी बलियो होइन कार्यान्वयन गर्ने निकाय बलिया हुनुपर्ने भन्दै संवैधानिक अंगमा मनोबैज्ञानिक त्रास फैलाएर सुशासन कार्यम नहुने बताए ।
निमुखाले न्याय नपाउनु र विपन्नलाई आय दिलाउनका लागि पनि मुलुकमा सुशासन आवश्यक भएको भन्दै पौडेलले भने– ‘संविधानले लोकतन्त्रमा आधारित समाजवाद भनेको छ । त्यो समाजवादलाई कार्यान्वयन गर्नका लागि पनि हो । निमुखाले न्याय नपाउनु र विपन्नलाई आयको बाटो देखाउनु हो । हामीले संविधानको कार्यान्वयनका लागि पनि निमुखालाई न्याय र विपन्न आयको व्यवस्था आवश्यक छ ।’
उनले समयमा नै कम्युनिष्टहरुले संसदीय लोकतन्त्रलाई स्वीकार गरेका भए यो बेलासम्म मुलुक धेरै समृद्ध हुने दाबी गरे । उनले अहिले नेपाली कांग्रेसको सिद्धान्तको जीत भएको तर नेपाली कांग्रेसको हार भएकाले यसको कारण खोजिनुपर्ने बताए ।
प्रतिक्रिया