देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वाम गठबन्धनलाई देउवाको चेतावनी

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट गठबन्धनलाई नेपाली कांग्रेसलाई कमजोर नठान्न चेतावनी दिएका छन । शनिवार नेपाली कांग्रेस काठमाडौं जिल्ला भेलाको काठमाडौंमा उद्घाटन गर्दै उनले संसदमा दोस्रो भएपनि जिम्मेवारीको दृष्टिकोणले कांग्रेस पहिलो पार्टी भएको भन्दै कम्जोर नडान्न गठबन्धनलाई चेतावनी दिएका हुन ।

देउवाले नेपाली कांग्रेसको सिद्धान्त र विचारमा कम्युनिष्टहरु आएको र परिवर्तन सबै कांग्रेसको पालामा भएको भन्दै मनोबल उच्च राखेर काम गर्न कार्यकर्तालाई निर्देशन दिए । सरकारमा गएपछि कम्युनिष्टहरुको चरित्र उदांगिएको भन्दै उनले कम्युनिष्ट अधिनायकवाद कुनै हालतमा स्वीकार्य नहुने ठोकुवा गरे ।

सरकार निरंकुश बाटोमा अगाडि बढेको जिकिर गर्दै सभापति देउवाले निरंकुशताविरुद्ध लड्नका लागि तयार हुन कार्यकर्तालाई निर्देशन पनि दिए । संविधान च्यात्ने, बहिस्कार गर्ने र मधेस आन्दोलनका सबै शक्तिलाई कांग्रेसले चुनावमा ल्याएको स्मरण गर्दै उनले मुलुकलाई निकास दिने कार्यमा कांग्रेसको भूमिका महत्वपूर्ण भएको बताए । उनले कांग्रेस एक भएको र सबैलाई एक बनाएर लैजाने प्रण गर्दै चुनौती सामना गर्दै अगाडि बढ्ने बताए ।