देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनले नेपाल समक्ष त्रिदेशीय अवधारणाको प्रस्ताव राख्यो

देशान्तर

 

काठमाडौं । चीनले नेपाल समक्ष त्रिदेशीय अवधारणाको प्रस्ताव राखेको खुलासा भएको छ । साताव्यापी चीन भ्रमण सकेर आज स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका विदेशमन्त्री वाङ यीेले त्रिदेशी सम्बन्धबाट नेपालले लाभ उठाउन प्रस्ताव गरेको बताउनुभयो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले चीनले राखेको त्रिदेशीय अवधारणाको प्रस्तावलाई आफुहरुले सकारात्मक रुपमा लिएको पनि बताउनुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले चर्चामा आएजस्तो प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि मात्रै आफ्नो चीन भ्रमण नभएको स्पष्ट पर्नुभयो ।

नेपालमा नयाँ सरकार गठनको नयाँ परिस्थितिमा दुई देशीय सम्बन्ध प्रगाढ बनाउँदै सहयोगका लागि नयाँ क्षेत्र खोज्ने सन्र्दभमा भ्रमण केन्द्रीत भएको उहाँले बताउनुभयो । भ्रमणका क्रममा आफुले केरुङ–काठमाडौं, काठमाडौं–पोखरा हुँदै लुम्बिनी जोड्ने सीमा वारपार रेलमार्ग चीन विशेष प्राथमिकता दिई बनाइदिओस् भन्ने प्रस्ताव गरेको उहाँले बताउनुभयो । परराष्ट्रमन्त्री ज्ञवाली चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि बैशाख ३ गते त्यसतर्पm प्रस्थान गर्नुभएको थियो ।