काठमाडौं । सरकारी कर्मचारी र उच्च पदस्थहरुले गत बर्ष मात्र तलबबाहेक २२ अर्ब रुपैयाँ भन्दा बढी रकम राष्ट्रिय ढुकुटीबाट खर्च गरेका छन् ।
सेवा प्रवाहको सवालमा सबै जनगुनासोको घेरामा पर्दै आइरहेका कर्मचारी अतिरिक्त सुविधाप्रति अझै सम्मोहित बनेको तथ्याङ्कले देखाएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
कर्मचारी र उच्चपदस्थहरुको स्वदेश तथा विदेश भ्रमणमा मात्रै एक बर्षमा २ अर्ब २० करोड ७ लाख ८५ हजार रुपैयाँ खर्च हुने गरेको छ । आर्थिक बर्ष २०७३–०७४ को यो तथ्याङ्क अघिल्लो आर्थिक बर्षको तुलनामा १२३ं७६ प्रतिशतले बढी हो । अघिल्लो बर्ष भ्रमणमा कर्मचारीले ९८ करोड ३५ लाख ५७ हजार खर्च गरेका थिए ।
अर्थमन्त्रालयले पछिल्लो पटक सार्वजनिक गरेको आर्थिक बर्ष २०७३–०७४ को बजेटको बार्षिक प्रगति मूल्याङ्कन प्रतिवेदन अनुसार कर्मचारीको भ्रमण, स्थानीय भत्ता, महंगी भत्ता, स्थलगत भत्ता, पोशाक, औषधोपचार, तालिम, बिमा, अनुगमन मुल्याङ्कनलगायत शीर्षकमा राज्यकोषबाट एक बर्षमा २२ अर्बभन्दा बढि रकम खर्चिएको हो ।
प्रतिक्रिया