काठमाडौं – जब माओवादी अध्यक्ष पुष्पकमल दाहालले एकता ‘बराबरी हैसियत’ मा हुनुपर्छ भन्ने प्रस्ताव अघि सारे, तब एमाले–माओवादीको एकताको गति अलिक मथ्थर देखियो ।
कारण– प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली दुई पार्टी एकिकृत हुँदा बराबरी हिस्सेदारी हुनुपर्छ भन्ने मान्यता स्विकार्न तयार छैनन् । चुनावबाट एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ । मतका हिसाबले पनि माओवादी भन्दा तीन गुणा ठूलो । यसैले बराबरीको हिस्सेदारीलाई ओली मान्न तयार छैनन् ।
एमाले–माओवादीबीच प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ६०–४० प्रतिशतको उम्मेद्वारी बाँडफाँड भएको थियो । यता माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘निजी’ नभई ‘पार्टीकै धारणा’ अनुसार गम्भीर सोच विचारपछि सार्वजनिक गरेका थिए– बराबरी आधारमा पार्टी एकता हुनुपर्ने अभिव्यक्ति ।
आफू निकट नेताहरुको परामर्शपछि उनको यो अभिव्यक्ति आएको हो । दाहालको यो बराबरी अर्थात् ५०–५० प्रतिशतका आधारमा पार्टी एकता हुनुपर्ने अभिव्यक्ति बहस, छलफल र दबाबका लागि थियो । ताकि यसले एमाले नेताहरुलाई सोच्न बाध्य पारोस् ।
प्रतिक्रिया