काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका नेताको कार्यशैलीका कारण पार्टी एकतामा संशय पैदा भएको बताए ।एमालेसँगको पार्टी एकताबाट पछि हट्न नसकिने बताएका छन् ।
उनले शुक्रबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गम्भीर वार्ता गर्ने बताएका छन् ।शुक्रबार बिहान आफ्नै निवास खुमलटारमा केही निकटस्थ व्यक्तिहरुसँगको भेटमा दाहालले सो कुरा बताएका हुन् ।
एमाले र माओवादीबीच यसअघि वैशाख ९ गते लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन एकता घोषणा गर्ने भनिएको थियो तर, त्यो सम्भावना टरिसकेको नेताहरुले बताएका छन् ।
एमाले र माओवादीबीच चुनाव चिह्न के राख्ने, विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने र केन्द्रीय समितिमा दुवै पार्टीका कति–कति सदस्य रहने भन्ने विषयमा कुरा मिलेको छैन ।
प्रतिक्रिया