देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिविले १० भन्दा कम विधार्थी भएका संकायको पठन पाठन बन्द गर्ने

देशान्तर

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले त्रिवि अन्तर्गतका क्याम्पसमा कुनै संकायमा १० जना भन्दा कम विद्यार्थी भएमा त्यस्ता संकायको पठन पाठन बन्द गर्ने बताए ।

 

उहाँँले त्रिविको शिक्षा सुधार कार्यक्रमअनुसार १० भन्दा कम विद्यार्थी भएका संकायका विद्यार्थीलाई अर्को क्याम्पसमा स्थानान्तरण गर्ने जानकारी दिए ।

 

 

त्रिभुवन विश्वविद्यालयको उच्च शिक्षा सुधार परियोजना कार्यालयले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा कक्षा सञ्चालनका लागि कम्तीमा १० जना भन्दा बढी विद्यार्थी आवश्यक पर्ने र  संख्या पूरा गर्न नसके  कक्षा सञ्चालन बन्द गरिने बताए ।

 

 

विद्यार्थी कम भएका संकाय सुधारका लागि सेमेस्टर प्रणाली ल्याइएको उपकुलपछि खनियाँले बताए  । त्रिविका प्रधाध्यापकलाई पनि बढी विद्यार्थी भएको ठाउँमा खटाइने उपकुलपति खनियाँले बताए