काठमाडौं । प्रदेशसभा १ को बैठकले सार्वजनिक लिखत प्रमाणिकरण विधेयक २०७४ सर्वसम्मतले पारित गरेको छ ।बिहीबार बसेको प्रदेशसभा बैठकले सो विधेयकलाई वहुमतले पारित गरेको हो । पारित विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि लागू हुनेछ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सार्वजनिक लिखत प्रमाणिकरण विधेयक सदनसमक्ष टेवल गराएका थिए । समान्य छलफलपछि विधेयक सर्वसम्मतले पारित गरेको हो ।
विधेयकमाथि बोल्दै नेपाली काग्रेसकी सांसद विद्या कार्कीले जनतालाई सम्झेर काम गर्न सरकारलाई सचेत गराइन । उहाँले विधेयकमा केही कुरा अपूर्ण भएकाले त्यसतर्फ सरकारको ध्यान जान जरुरी रहेको बताइन ।
प्रतिक्रिया