काठमाडौं । नक्कली धातुलाई सुन भनी बिक्री गर्ने दुई जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ६ सेतो गुम्बा जाने बाटोमा भक्तपुर सूर्य विनायकका राजेन्द्र थापालाई ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेकोे छ ।
प्रहरीले ठगी गर्ने समूहका अजय तामाङ र वनस्थलीबाट विष्णु मोक्तानलाई पक्राउ गरि अनुसन्धान जारी राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहन कुमार थापाले बताए ।
एक केजी सुनजस्तो देखिने धातुलाई सुन भनेर २८ लाख ६० हजार लिएर बिक्री गरेपछि फरार भएका लाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहन कुमार थापाले बताए ।
प्रतिक्रिया