काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ नेपाल इक्यानको आउँदो शनिबार हुने अधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । यसपटक नेतृत्वका लागि विष्णुहरी पाण्डे र सरोज बस्नेतको प्यानलबीच चुनावी प्रतिष्पर्धा हुने भएको छ । तर तुलनात्मक रुपमा विष्णुहरी पाण्डेको प्यानल मजबुत देखिएको छ। अध्यक्षका प्रत्यासी पाण्डेले इक्यानलाई समय–सापेक्षित रूपमा अघि बढाउन आफ्नो प्यानल चुनावी मैदानमा होमिएको बताए ।
पाण्डेको प्यानलबाट उपाध्यक्षमा देवीप्रसाद भट्टराई, खड्ग ताम्लिङ लिम्बू र सपना राजभण्डारीले उम्मेदवार बनेका छन् ।
यसैगरी महासचिवमा अर्विट इन्टरनेशनलका संचालक शेषराज भट्टराईले उम्मेदवारी दिएका छन् । महासचिवमा भट्टराईको लोकप्रियता चुलिदै छ । अर्विट इन्टनेशनल जस्तो सफल संस्थाको संचालक एवं युवा भएकाले उनको जितको सम्भावना बलियो रहेको चर्चा छ ।
सचिवमा भने श्यामवहादुर कडेल (सोम) र दीपकराज भुषालको दाबी रहेको छ । कोषध्यक्षमा गोविन्द अधिकारी र सहकोषाध्यक्षमा निरुपमा राजभण्डारी उम्मेदवार छन् ।
पाण्डेको प्यानलबाट सदस्यहरुमा प्रकाश श्रेष्ठ, पुष्पराज भट्टराई, कर्णवहादुर गुरुङ, वासुदेव दाहाल, वाइवी पौडेल, विके श्रेष्ठ, महेश श्रेष्ठ, सुदन चौहान र शुष्मा आर्चाय उम्मेदवार रहेका छन् ।
यता सरोज बस्नेतको प्यानलबाट भने उपाध्यक्षहरुमा राजेन्द्र रिजाल, महेशबाबु तिमिल्सिना र उमेश ढुंगेल उम्मेदवार रहेका छन् । यसैगरी महासचिवमा सन्तोष प्याकुरेल, सचिवहरुमा विक्रम केसी, ज्ञानेन्द्रमान जोशी, कोषाध्यक्षमा सूर्य डाँगी, सहकोषाध्यक्षमा राकेश श्रेष्ठ उम्मेदबार बनेका छन् ।
बस्नेतको प्यानलबाट सदस्यहरुमा प्रकाश साह, मनिराम राउत, दीपक कोइराला, सुनिता श्रेष्ठ, नवराज क्षेत्री केसी, हरिराम लामिछाने, सोमित श्रेष्ठ र मनोराथ साह उम्मेदवार रहेका छन् ।
अधिवेशनमा काठमाडौंबाट २ सय ७६ र ललितपुर, पोखरा, चितवन, पुर्वाञ्चल र रूपन्देही समन्वय समितिबाट १ सय ३ गरी ३ सय प्रतिनिधिले प्रत्यक्ष मतदान गर्नेछन्।
प्रतिक्रिया