देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

 नेता किम सगँको वार्ता सकारात्मक नभए बीचैमा छोडिदिने  चेतावनी : राष्ट्रपति ट्रम्प

देशान्तर

एजेन्सी।    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच प्रत्यक्ष वार्ताको वातावरण बन्दै गएको छ । विश्वका दुई ठूला दुष्मन जस्तै भएका यी दुई शक्ति राष्ट्रका प्रमुख बीच केही महिनाभित्रै भेटेर छलफल गर्ने गरी तयारीका काम भइरहेका छन्।

 

 

ट्रम्प र किमको भेटको वातावरण बनाउन अमेरिकी जासुसी संस्था सिआइएका प्रमुख माइक पोम्पियो केहीदिन पहिले उत्तर कोरिया पुगेको खबर सार्वजनिक भएको थियो। यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले किम जोङ उनसँगको वार्ता फलदायी हुने तथा समाधानतर्फ अगाडि बढ्ने नदेखिए आफू वार्तालाई बीचमै छोडेर हिँड्ने बताएका छन्।

 

 

जापानी प्रधानमन्त्री सिन्जो आवेसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले परमाणु निसस्त्रीकरण गर्ने विषयमा उत्तर कोरियालाई अत्यधिक दबाब दिन आफू तयार रहेको बताएका हुन्। ट्रम्पलाई भेट्न अमेरिका पुगेका आवेसँगको भेटमा उक्त कुरा बाहिर आएको हो।