देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

४ जनालाई पारिजात सिर्जना सम्मान

देशान्तर

काठमाडौं । पारिजात स्मृति केन्द्रले प्रसिद्ध साहित्यकार पारिजातको २४ औं स्मृति दिवसका अवसरमा बुधबार पारिजात सम्मान २०७४ को घोषणा गरेको छ।

जसअनुसार पारिजात सिर्जना सम्मान २०७४ बाट समालोचक डि.आर. पोखरेल, पारिजात संघर्षशील नारी सम्मान २०७४ बाट महिला नेत्री अष्टलक्ष्मी शाक्य, पारिजात कला सम्मान २०७४ बाट शान्त कुमार राई (मरणोपरान्त), पारिजात बाल साहित्य सम्मान २०७४ बाट प्रभात सापकोटालाई सम्मान गरिनेछ।

साहित्यकार पारिजातको २४ औं स्मृति दिवसका अवसरमा पारिजात स्मृति केन्द्र परिसर म्हेपी नयाँबजारमा आयोजित कार्यक्रम पारिजात स्मृति केन्द्रका अध्यक्ष रायनको सभापतित्वमा सम्पन्न भएको थियो।

पारिजात नेपाली साहित्यमा निकै परिचित नाम हो। पारिजातले लेखेको उपन्यास शिरीषको फूल निकै चर्चित उपन्यास हो। पारिजातको निधन २०५० सालमा भएको थियो। असंख्य कृति लेखेको भएपनि शिरीषको फूल उनको सबैभन्दा चर्चित उपन्यास हो।