देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्छः कांग्रेस नेता विश्वकर्मा

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढनुको विकल्प नरहेको बताएका छन् ।

नेता विश्वकर्माले ६ महिना भित्र संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणको कामलाई सम्पन्न गर्न पनि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढनुको विकल्प नरहेको बताएका हुन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभामा ७ वटा समिति बनाउन उपयुक्त हुने प्रस्ताव पनि अघि सारे ।

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा १० वटा समिति बनाउने विषयमा करिव सहमति जुटेको छ । तर ,नियमावली मस्यौदा समितिको सदस्य समेत रहेका काँग्रेस नेता विश्वकर्माले भने मन्त्रालयको संख्या घटेकै अनुपातमा समितिहरुको संख्या पनि घटाएर ७ वटा बनाउन उपयुक्त हुने धारणा पार्टीको रहेको बताए ।

उनले प्रतिनिधिसभामा विषयगत समितिहरुको संख्याको विषयमा निर्णय लिन विज्ञहरुसँग परामर्श गर्नुपर्ने माग गरे। काँग्रेस नेता विश्वकर्माले राज्यलाई व्ययभार हुनेगरी समितिहरुको संख्या बढाउने कुरा जायज नहुने तर्क समेत गरे । उनले काँग्रेस न्यायपालिकालाई संघीय संसदको मातहत ल्याउने कुराको विपक्षमा रहेको पनि स्पष्ट पारे ।