काठमाडौं । प्रदेश नम्बर २ को सरकारको ०७४ र ०७५ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । सरकारको नीति तथा कार्यक्रमलाई नेपाली काग्रेसबाहेक सबै दलले समर्थन गरेका छन ।
‘मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत छोरी जन्मने बित्तीकै बीमा कम्पनीसँगको साझेदारीमा छोरीहरुको शिक्षा बीमाको नीति ल्याउने र लिंग पहिचान गरी भ्रुणमै छोरी हत्या गर्नेलाई कडा कानुनी कार्वाही गर्न कानुन बनाउने प्रदेश सरकारले नीति लिएको छ ।
यस्तै, महिला माथि हुने हिंसा रोक्न कडा कानुन बनाउने र बनाएका कार्यक्रमहरुको नजिकबाट निगारानी गर्न महिला सुरक्षा डेस्क खडा गर्ने छ ।गएको चैत्र २८ गते प्रदेश नम्बर २ का मुन्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकमा नीति तथा कार्याक्रम विधेक पेश गर्नुभएको थियो ।
प्रतिक्रिया