काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पदमा खतरा नपुग्ने सर्तमा मात्र संसदमा संशोधन विधेयक पेस गर्ने अडान लिएका छन्। प्रस्ताव अस्वीकार्य भएको अवस्थामा राजीनामा गर्नुपर्ने परिस्थिति आउने हुँदा त्यसअघि नै संशोधन विधेयकको बुँधामा मधेसी मोर्चाको अनुमोदन हुनुपर्ने नयाँ सर्त उनले बुधबार मधेसी दलहरुसँगको वार्तामा राखे।
मधेसी मोर्चालाई सहमतिमा ल्याई संसदमा संशोधन प्रस्ताव दर्ता गर्ने उद्देश्यसाथ बुधबार बसेको मोर्चा–सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्री दाहालले भने, ‘प्रमुख प्रतिपक्षीय एमालेले संशोधन प्रस्ताव अस्वीकार गरिसकेको छ। अहिले मोर्चाका केही नेताले सर्त थप्दै गएका छन्।
यस्तो परिस्थितिमा मैले संशोधन प्रस्ताव ल्याउन सक्दिन। प्रस्ताव असफल भए मैले नैतिक रुपमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ।’ अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया