काठमाडौं । संघीय ममिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले कर्मचरीलाई दिने भनिएको स्वेच्छिक अवकाशको निर्णय स्थगित भइसकेको भन्दै कर्मचारीलाई काममा फर्कन आग्रह गरेका छन । रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले स्वेच्छिक अवकाशले व्यक्तिलाई फाइदा हुने र देशलाई फाइदा नहुने बताएका छन ।
बढी सेवा सुविधा पाइन्छ भनेर आशमा नबस्न आग्रह समेत गरेका छन । स्वच्छिक अवकाश अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको उनको भनाई छ । काम गर्न तिर मन फर्काउन भन्दै उनले नत्र अवकाशको बाटोमा जाने निर्णय गर्न मन्त्री पण्डितको भनाई थियो ।
१५ दिने सूचना निकालेर कर्मचारीलाई पुनःकाममा र्फकनका लागि आवेदन दिने मौका दिइने मन्त्री पण्डितले जानकारी दिए । निजामती कर्मचारीलाई तीन वटै तहमा व्यवस्थापन गरिने भन्दै उनले कुन पदमा, कुन ठाउँमा जाने हो पुनःआवेदन दिन सक्ने बताए ।
प्रतिक्रिया