भक्तपुर, राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यपुरथिमी नगरपालिकामा रहेको श्यामाश्यामा धाममा आयोजना गरिएको त्रि–दिवसीय साधना एवं राष्ट्रिय साधक भेलाको शनिबार उद्घाटन गरेकी छन ।
कार्यक्रममा उनले राधा कृष्ण मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गरेकी छन। राष्ट्रपति विद्यादेवी भण्डारीले धामका विभिन्न धार्मिक संरचना र धामले तयार पारेको वृत्तचित्र अवलोकन गरिन।कार्यक्रममा संगीता दिदीले धामको अवस्था र साधनाको महत्व माथि प्रकाश पारि थिइन ।
राष्ट्रपति भण्डारीलाई मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, धामका स्वामी हरिदास, प्रतिनिधिसभा सदस्य महेश बस्नेत, ३ नम्बर प्रदेशसभा सदस्य शशीजंग थापा, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्य्विनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले स्वागत गरेका थिए ।तीन दिनसम्म चल्ने साधना एवं भेलामा देशभरबाट साधक तथा साधिकाको उपस्थिति रहेको छ ।
प्रतिक्रिया