काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हिंसात्मक गतिविधिमा सक्रिय अतिवादीको प्रमुख सुरक्षा चुनौती बनेको बताएका छन ।
नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा बिहीबार आयोजित कार्यक्रममा उनले हिंसात्मक अतिवादी तत्वका साथै जातीय क्षेत्रीय बिषयमा आधारित द्धन्द्ध सुरक्षा चुनौती बनेको बताएका छन ।
प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय आतंककारी चुनौती र खतरा विरुद्ध सुरक्षा निकाय सदैव तयार रहन आग्रह गरेका छन ।
मुलुक अहिले स्थिर र शान्तीपूर्ण अवस्थामा रहे पनि भविष्यमा उत्पन्न हुने खतराबिरुद्ध सर्तक रहन पर्ने उनको भनाई थियो । प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको समेत बताएका छन् ।
प्रतिक्रिया