देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भ्रातृसंस्था विवाद एमाले नेताद्वारा छताछुल्ल

देशान्तर

काठमाडौं । नेकपा एमाले निकट युवा र बिद्यार्थी संगठनमा देखिएको विवादको असर पार्टी नेतृत्वसम्म पुगेको छ । जसका कारणले युवा संघ र अनेरास्ववियुले संयुक्त रूपमा गरेको कार्यक्रमलाई एक पक्षका पार्टीका नेताहरूले बहिष्कार गरेका छन् । युवा संघ र अनेरास्ववियुले संयुक्त आयोजनामा बिहीबार राजधानीको प्रज्ञा भवनमा गरेको संविधान कार्यान्वयन र संशोधनको प्रश्न विषयक विचार गोष्ठीलाई माधव नेपाल पक्षधर युवा विद्यार्थीले मात्र नभई पार्टीका सबै नेता कार्यकर्ताले बहिष्कार गरे । सबै राजनीतिक पार्टीका नेताहरूलाई बोलाएर गरेको गोष्ठीमा एमालेका माधव  नेपाल पक्षका  नेताहरू असन्तुष्टि जनाउँदै अनुपस्थित भएका थिए । 

पार्टी अध्यक्ष केपी ओली समूहको एकलौटी आयोजनामा कार्यक्रम गरिएको भन्दै युवा संघका अर्का पक्षधरका नेता कार्यकर्ताले बहिष्कार गरेका हुन् । युवा संघका वरिष्ठ उपाध्यक्ष दिलु पन्तका अनुसार युवा संघको विवाद नमिलाई कुनै पनि कार्यक्रम नगर्ने सहमति भएको थियो । तर सहमतिलाई उल्लंघन भएपछि बहिष्कार गरिएको हो । प्रज्ञा भवनमा आयोजित कार्यक्रममा माधव नेपाल समूहका कुनै पनि नेता, कार्यकर्ता गएनन् । 
गत वर्ष माघ २१ गते महेश बस्नेतले अध्यक्षबाट राजीनामा दिई नीरू पाललाई अध्यक्ष र अन्य केही पदाधिकारी चयन गरेपछि माधव नेपाल समर्थित दिलु पन्त पक्षले समानान्तर गतिविधि चलाएको थियो । पछिल्लो सहमतिअनुसार माघ २१ को निर्णय सच्याउने, नीरू पालले अध्यक्ष छाड्ने र महाधिवेशन गर्न आयोजक कमिटी गठन गर्ने भएपछि महासचिव राजीव पहारीको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको थियो । तर विवाद अहिलेसम्म पनि अन्त्य नभएको हो । सो विवादको अन्त्य नभएपछि सोको असर पार्टीमा समेत पुगेको छ । 

उता एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा समेत लामो समयदेखि एमाले निकट अनेरास्ववियुमा अध्यक्ष र महासचिव ऐन महरबीचको विवाद उत्कर्षमा पुगेको छ । विवाद बढ्दै जाँदा अध्यक्ष लामा र महासचिव दुवै छुट्टाछुट्टै कार्यालय सञ्चालनको तयारीमा पुगेका छन् । अखिलमा देखिएको विवाद मिलाउन पार्टीले विद्यार्थी इन्चार्ज तथा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीलाई जिम्मेवारी दिएको थियो । तर, अधिकारी पनि असफल देखिएपछि सो को असर पार्टीमा पुगेको छ । अनेरास्ववियुको महाधिवेशन आठ महिनाअघि सम्पन्न भएको थियो । त्यसयता कार्य विभाजनसम्बन्धी देखिएको विवादकै कारण केन्द्रीय समिति बैठक बस्न सकेको छैन । 

 

]]>