देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिस्केट जात्रामा झगडा गर्ने, ढुङ्गा हान्नेलाई सार्वजनिक मुद्धा चलाइने

देशान्तर

काठमाडौं । भक्तपुरमा भोली देखी सुरु हने बिस्केट जात्रामा मदिरा बिक्री वितरणमा रोक लगाइने र झगडा गर्ने एवं ढुङ्गा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही गरिने भएको छ ।

नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा सोमबार विशाल सद्भाव एवं शान्ति ¥याली प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।

बिस्केट जात्राको मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच विगतमा जस्तै ढुङ्गा हान्ने र झगडा गर्ने कार्य हुन नदिन जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वम ¥याली निकालिएको प्रमुख जिल्ला अधिकारी पोखररेले बताए ।

भोलि तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुनेछ र वैशाख ५ गते गहिटी र्पुयाएर सम्पन्न हुनेछ ।
उनका अनुसार जात्रालाई शान्ति पूर्ण बनाउन ३४ स्थानमा सिसी क्यामरा जडान गरेर निगरानी गरिनेछ भने जात्रामा एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी खटाइनेछ ।