देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

छातिमा गोली लागेका हिन्दु धर्मगुरु खतरामुक्त

देशान्तर

विराटनगर । विराटनगरमा अज्ञात समुहले आइतवार बिहान गोली प्रहार गरि घाइते बनाएका हिन्दु धार्मिक गुरु खतरमुक्त रहेको चिकित्सकहरुले बताएका छन । साप्ताहिक ज्ञान महायज्ञका लागि विराटनगरमा रहेका श्रीनिवास आचार्यमाथि आइतवार बिहान २ बजेतिर गोली प्रहार भएको थियो ।

विटारनगर महानगरपालिका—१४ जतुवास्थित रामजानकी धर्मशालामा आसनबाट पिसाब फेर्न बाहिर निस्किएको बेला अचानक तीन फायर गोली चलेको र एउटा गोली आचार्यको छातिको दायाँतर्फ गोली लागेको थियो ।

लक्ष्मी बैंकटेश मन्दिर चकरघट्टीका पिठाधीश ५० वर्षीय आचार्य हिन्दुवादी सन्त हुन । आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी अरुण कुमार बिसीले घटनाको अनुसन्धान भइरहेको तर आक्रमणकारीको पहिचान नभइसकेको जानकारी दिए।
आचार्यका सहयोगी तथा उपकथावाचक नवीन अर्यालले राति २ बजेतिर एक्कासि गोली पड्केको आवाज सुनेपछि दौडिएर जाँदा गुरुजीलाई रगताम्यै भई लडेको देखेर तत्कालै उपचारका लागि अस्पताल र्पुयाइएको जानकारी दिए ।

भोलिबाट सुरु हुने सप्ताह ज्ञान महायज्ञको तयारीबारे छलफल गरी साढे ११ बजे राति गुरु सुत्न जानु भयो म पनि अर्को कोठामा सुत्न गएँ अर्यालले बताए । एक्कासि निद्रामै गोली पड्किएको सुनेर हतारिएर हेर्न जाँदा गुरु शौचालय नजिकै लड्नु भएको उनले बताए ।

अर्यालका अनुसार जतुवामा बिहान कलशयात्रा निकालेर ज्ञानमहायज्ञ सुरु गर्ने तयारी थियो। आचार्यसहितको सन्तहरुको समूह राति ८ बजे धर्मशाला आई पुगेको थियो।

अर्यालले भने, ‘सडकमै सटिएको तीन फिट अग्लो दिवाल बाहिरबाट गोली प्रहार गरेको जस्तो देखिन्छ । शौचालय सडकसँगै टाँस्सिएको छ । त्यहाँ हिन्दुवादी गतिविधि चलाए अरुलाई पनि कार्वाही हुने र भारतीय विस्तारवादीहरुलाई कार्वाही हुने विवरण उल्लेख भएको पर्चासमेत भेटिएको अर्चायले बताए।