देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रीपरिषदको निर्णय बुधवार,आज ३० सचिवको सरुवा

देशान्तर

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयले बुधवार बसेको मन्त्रीपरिषदको निर्णय अनुसार आज बिभिन्न मन्त्रालयका ३० जान सचिवको सरुवा गरेको छ ।

मन्त्रीपरिषदको कार्यलयले प्रधानमन्त्री केपीशर्मा ओली भारत पुगे लगत्तै मन्त्रीहरुको सरुवा सार्वजनिक गरेको हो । आज ३० जना सचिवलाई फेरबदल गरिएको स्रूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताएका छन ।

प्रधानमन्त्री कार्यालयमा रहेका सचिव प्रेमकुमार राईलाई गृहसचिव बनाइएको छ । गृह मन्त्रालयमा रहेका सचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री कार्यालयमै रहेका अर्का सचिव खगराज बराललाई शिक्षा सचिव बनाइएको छ भने महेन्द्रमान गुरुङलाई सञ्चार सचिव बनाइएको छ । गुरुङ पनि यसअघि प्रधानमन्त्री कार्यालयमै थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सचिव राजन खनाललाई अर्थसचिव बनाइएको छ । अख्तियारमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपानेलाई लगिएको छ ।

राष्ट्रिय योजना आयोगका विष्णु लम्साललाई रक्षामन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिव शरच्चन्द्र पौडेललाई योजना आयोगमा पुर्याइएको छ । यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा रहेका मधुसुदन अधिकारीलाई भौतिक पूर्वाधार मन्त्रालयमा पठाइएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई श्रम तथा रोजगार मन्त्रालयको सचिव बनाइएको छ भने नेपाल ट्रष्ट कार्यालयमा कार्यरत अर्जुनकुमार कार्कीलाई पुनिर्निर्माण प्राधिकरणको सचिव बनाइएको छ । वनसचिव डा. युवकध्वज जीसीलाई कृषि मन्त्रालय र पशुपंक्षी सचिव विश्वनाथ ओलीलाई वन मन्त्रालयमा सरुवा गरिएको छ ।

अर्थमन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने शिक्षा सचिव मधुप्रसाद रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ ।

प्रदेश १ का कामु मुख्यसचिव यादवप्रसाद कोइराला काठमाडौं महानगरपालिकामा सरुवा भएका छन् । पर्यटन मन्त्रालय, कानून मन्त्रालय र सामान्य प्रशासन मन्त्रालय लगायतका सचिवहरु यथावत राखिएका छन् । एकपटक सबै सचिवहरुको सरुवा गर्ने सरकारको नीति अन्र्तगत यो अदल–बदल गरिएको मन्त्रीपरिषदको कार्यलयले जनाएको छ ।