राष्ट्रिय जनता पार्टी राजपा ले आज संसदीय दलको नेता चयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ । संसदीय दलको नेताका लागि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्य राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी आकांक्षी देखिनुभएको छ ।
राजपाको अध्यक्षमण्डलको हिजो बसेको बैठकले महाधिवेशनका लागि आवश्यक कागजात ६ बैशाखभित्र तयार गरिसक्ने निर्णय गरेको छ । ८ बैशाखमा बस्ने राजनीतिक समितिको बैठकअघि पार्टीको विधान, नियमावली, निर्देशिका तयार पारिसक्ने निर्णय भएको हो । आगामी २० कात्तिकभित्र महाधिवेशन गरिसक्नुपर्ने कानूनी बाध्यताका कारण राजपा तयारीमा जुट्न लागेको हो ।
गत २० बैशाखमा राजपाले पार्टी एकीकरणको औपचारिक जानकारी निर्वाचन आयोगलाई गराएको थियो । आयोगलाई जानकारी गराएको एक वर्षभित्र महाधिवेशन गरि सक्नपर्ने हुन्छ ।
प्रतिक्रिया