देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संशोधनमा विवाद बढ्दा राष्ट्रपति सक्रिय

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त मधेसी मोर्चा संविधान संशोधनको विषयमा सहमतिमा आउन साथ संशोधन प्रस्ताव दर्ता प्रक्रिया अघि बढ्ने जानकारी गराएका छन् ।

प्रधानमन्त्री दाहालले मोर्चा संशोधन प्रस्तावको विषयमा सहमति गरेसँगै संविधान संशोधनपछि निर्वाचनमा भाग लिने प्रतिबद्धता जनाउना साथ संविधान संशोधनको बाटो खुल्ने समेत बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिको आवश्यकता औंल्याउँदै यस्तो बताएका हुन । राजधानी दैनिकमा समाचार छ । 

]]>