मन्त्रिपरिषदको बैठक आज बस्दै छ । विहान बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्न लाग्नुभएको विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको सम्बोधनमा सरकार सञ्चालनको अवस्था, भारत भ्रमणलगायत विषय समेट्ने तयारी गरिएको र सोही विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल गरि टुंगो लगाउन लागिएको उहाँले बताउनुभयो । यस्तै संसदको विजनेस सकिएकाले सदन अन्त्यका लागि मन्त्रिपरिषद् बैठकले राष्ट्रिपतिसमक्ष अनुरोध गर्ने तयारी पनि गरेको छ ।
विजनेस सकिएको भनेर संसदले सरकारलाई जानकारी गराईसकेकाले मन्त्रिपरिषद् बैठकले सदन अन्त्यको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने छ ।
प्रतिक्रिया