देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गाउँमा मलामी महिला , युवा वैदेशिक रोजगारमा

देशान्तर

 

म्याग्दी । गाउँमा कसैको मृत्यु भयो भने मलामी जान महिलाको संख्या बढि हुन्छ । यस्तै म्याग्दीको मालिका गाउँपालिका २ मा रुमको बेली गाउँमा कसैको मृत्यृ भयो भने मलामी जानका लागि महिलाको लर्का लाग्ने गरेको छ । गाउँघरका युवाहरु वैदेशिक रोजगारको लागि विदेशिए पछि बेली गाँउ युवा विहीन भएको छ ।

मगर र दलित समुदायको बाहुल्यता रहेको गाँउमा केहि पुरुष पनि दैनिक ज्याला मजदुरीका लागि बाहिर गएपछि महिला र वृद्धवृद्धा मात्रै रहेको स्थानीय शिक्षक लालबहादुर राकाले बताए ।
बेली गाँउ यतिबेला शोकमा डुबेको छ । वैदेशिक रोजगारीका लागि मलेशिया गएका बेलीका धर्मलाल रोकाले मलेशियामा मृत्यु भएपछि गाँउमा शव ल्याउदा स्व धर्मलालको मलामीमा महिला भ्न्दा पुरुष अत्यन्त कम दखिन्थे । ‘आयआर्जनको लागि गतिलो माध्यम नहुदा सवै युवा वैदेशिक रोजगारीका लागि खाडि मु्लुकमा गएको स्थानीय २९ वर्षीया देबकली विकले भनिन् गाँउमा मर्दापर्दा मलामी जाने महिला नै हुन ।’उमेर ढल्केका पुरुष दैनिक ज्याला मजदुरीका लागि आरा चिर्ने, घर निर्माण गर्ने वा अन्य कामका लागि जिल्लाका विभिन्न गाउँमा पुग्न छन ।