एजेन्सी । । नोबेल शान्ति पुरस्कार विजेता युसुफजाई मलाला पाकिस्तान फर्किएकी छन् ।तालिबान चरमपन्थीले गोली हानेपछि बेलायतको बर्मिङघममा बस्दै आएकी मलाला पहिलो पटक पाकिस्तान फर्किएकी हुन् ।
२०१२ मा महिला शिक्षाको प्रचारमा जुटेकी मलालालाई चरमपन्थीले आक्रमण गरेका थिए ।मलाला अहिले २० वर्षकी भइन् र प्रखर मानवअधिकारवादी कार्यकर्ताको रुपमा आफ्नो पहिचान बनाएकी छन् ।
उनले पाकिस्तान भ्रमणका क्रममा प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई पनि भेट्ने अपेक्षा गरिएको छ । तर, उनको भ्रमणबारे धेरै जानकारी गोप्य राखिएको छ ।
बेनजिर भुट्टो अन्तर्रा्ष्ट्रिय विमानस्थलको टेलिभिजन फुटेजमा उनीसँग आमाबुवा पनि देखिएका छन् । उनको भ्रमण चार दिनको हुने बताइएको छ । तर, उत्तर पश्चिमको स्वात घाटीमा रहेको आफ्नो पुरानो घर जाने नजाने निश्चित छैन ।
प्रतिक्रिया