देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसबाट सरकारमा १० राज्यमन्त्रीले सपथ खाए

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा नेपाली काँगेसका तर्फबाट १० जना राज्यमन्त्री थपेका छन् ।
व्यवस्थापिका–संसद्मा सबैभन्दा ठूलो दल नेकाको साथ र सहयोगमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल साउन १९ गते प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए । करिब चार महिना पुग्न लाग्दा प्रम दाहालले राज्यमन्त्री थपेका हुन् ।

नेकाले सम्हालेका दश मन्त्रालयमा नै राज्यमन्त्री थप गरिएको हो । प्रधानमन्त्री दाहालले नवनियुक्त राज्यमन्त्रीहरुलाई आज प्रधानमन्त्रीको कार्यालयमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ख्वाए ।

शपथ लिनुुहुनेमा राज्यमन्त्रीमा दीपक खड्का ९खानेपानी तथा सरसफाइ मन्त्रालय), कञ्चनवादे श्रेष्ठ (उद्योग मन्त्रालय), सुरेन्द्रराज आचार्य (सिँचाइ मन्त्रालय), मिठू मल्ल (सहरी विकास मन्त्रालय), दिलीप खवास गच्छदार (श्रम तथा रोजगार मन्त्रालय०, सीताराम मेहता (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय) हुन् ।

त्यसैगरी दीर्घराज भाट (वन तथा भू–संरक्षण मन्त्रालय), सुवमर्ण ज्वारचन (वाणिज्य मन्त्रालय), तारामान गुरुङ (स्वास्थ्य मन्त्रालय) तथा इन्द्रबहादुर बाँनिया (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिए ।

नेकाका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी हुने राज्यमन्त्रीको नामावली उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिमार्फत मङ्गलबार प्रधानमन्त्री दाहाललाई दिएका थिए ।

शपथ ग्रहण समारोहमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री निधि, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता तथा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो ।

नवनियुक्त राज्यमन्त्रीलाई बधाइ दिँदै प्रधानमन्त्री दाहालले जनताले छिटो परिणाम खोजिरहेकाले यही तथ्यलाई ध्यानमा राखेर कार्य गर्न आग्रह गरे।

]]>