देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस नेता भीमबहादुर तामाङको शालिक शिलान्यास

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका नेता भीमबहादुर तामाङको शालिक आज शिलान्यास गरिएको छ। उनको चौथो स्मृति दिवसका अवसरमा भीमबहादुर तामाङ तथा विकास केन्द्रले स्वयम्भूस्थित उहाँको समाधिस्थलमा काँग्रेसका सभापति शेरबहादुर देउवाले शिलान्यास गर्दै आजको राजनीतिमा तामाङको आदर्श भावनाको खाँचो रहेको औँल्याए।

सो अवसरमा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, सांसदद्वय महेन्द्र यादव र रञ्जित कर्ण, कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ, स्व तामाङका सुपुत्र दीपक र नेपाल तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाहीलगायतले स्व तामाङको योगदानमाथि चर्चा गरेका थिए। उनको २०६० सालमा आजकै दिन निधन भएको थियो। 

]]>