देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा केसीको अनसनको आज २० औं दिन, स्वास्थ्य अवस्था नाजुक

देशान्तर

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा डा गोविन्द केसी र सरकारी पक्षबीच आज शिक्षा मन्त्रालयमा भइरहेको वार्ता शुक्रबार पुनः बस्ने गरी  राति स्थगन भएको छ। 

सरकारका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापा, शिक्षामन्त्री धनीराम पौडेल, सचिवद्वय डा सेनेन्द्रराज उप्रेती र शान्तबहादुर श्रेष्ठ लगायत तथा गत १९ दिनदेखि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै दसौँ पटक अनशन बसेका प्रा डा केसीका तर्फबाट प्रा डा राजेन्द्रराज वाग्ले लगायत चिकित्सक वार्तामा ररहेका थिए। वार्ता शुक्रबार बिहान १० बजे पुनः बस्ने छ।

प्रा डा केसीतर्फका प्रा डा वाग्लेले प्रधानमन्त्री र अनशनरत प्रा डा केसी दुवै जना अनशनस्थलमा आमनेसामने बसेर मात्र सम्झौता हुन सक्ने बताए। त्रिविका उपकुलपति तीर्थराज खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन केशवप्रसाद सिंहको राजीनामाका विषयमा नै वार्ता केन्द्रित रहेको बताइएको छ। 

]]>