देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले गर्यो मन्त्रीमण्डलमा दलितलाई वाइकट !

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले सरकार गठन भएको चार महिनापछि पार्टीका तर्फबाट १० जना राज्यमन्त्रीलाई सरकारमा पठाएको छ । कांग्रेसका तर्फबाट नियुक्त भएका १० जना मन्त्रीले पद तथा गोपनियताको शपथ गरि कार्यभार समेत सम्हालेसकेका छन् । नेपाली कांग्रेसले पार्टीको आन्तरिक सन्तुलन मिलाए पनि सरकारमा मन्त्री र राज्यमन्त्री पठाउँदा जातीय, क्षेत्रीय सन्तुलत भने मिलाउन सकेको छैन । कांग्रेसका तर्फबाट भएका मन्त्रीहरूमा एक जना पनि दलित परेका छैनन भने दुई नम्बर प्रदेश अन्तर्गतका पर्सादेखि महोत्तरी सम्मका जिल्लाबाट एक जना पनि मन्त्री तथा राज्यमन्त्री परेका छैनन् । एक नम्बर प्रदेशबाट दुई जना क्याविनेट मन्त्री र चार जना राज्यमन्त्री बनेका छन् । 

जसअनुसार तारामान गुरुङ स्वास्थ्य, सुरेन्द्र आचार्य सिंचाई, दिलीप गच्छदार श्रम, दीर्घराज भाट बन, दीपक खड्का खानेपानी तथा सरसफाई, सुवर्ण ज्वारचन वाणीज्य, मिठु मल्ल सहरी विकास, इन्द्र वानियाँ पर्यटन, सीताराम मेहता भौतिक पूर्वाधार, कञ्चन वादे श्रेष्ठ, उद्योगको जिम्मेवारी दिइएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेलले जापान जानुअघि जीवन परियारसहित चार जनाको नाम आफ्नो तर्फबाट राज्यमन्त्री बनाउनुपर्ने भन्दै सभापति देउवालाई सिफारिस गरेका थिए । उनले दिएका नाममध्येबाट परियार परेनन् । कांग्रेसका तर्फबाट एकजना पनि दलित नभएको अवस्थामा पनि पौडेलका तर्फबाट सिफारिस भएका परियारलाई राज्यमन्त्री बनाइएन । 

यसैगरी कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षबाट एकएक जना राज्यमन्त्री बनेका छन्, जसमा गुरुङ र बानियाँ हुन् । देउवा पक्षबाट मिठु मल्ल, दिलीप गच्छदार, सीताराम मेहता, दीर्घराज भाट, सुवर्ण ज्वारचन राज्यमन्त्रीमा परेका हुन् ।

पार्टीका तर्फबाट राज्यमन्त्री बनाउँदा सबैभन्दा न्याय पाएका सीताराम मेहता हुन् । पुराना कांग्रेस कार्याकर्ता मेहताले लामो समयदेखि शेरबहादुर देउवालाई सहयोग गर्दै आएका छन् । उनी सुनसरीबाट कांग्रेसका निर्वाचित सांसद हुन । त्यसैगरी सिंचाई राज्यमन्त्री सुरेन्द्र आचार्य पनि दुईपटक कपिलवस्तु जिल्लाका जिल्ला सभापति भइसकेका इमान्दार कार्यकर्ता हुन । अहिले पनि उनी कपिलवस्तु कांग्रेसका जिल्ला सभपाति हुन् । त्यसैगरी पुराना कांग्रेस कार्यकर्ता सुवर्ण ज्वारचन पनि राज्यमन्त्री भएकी थिइन ।

गुल्मीकी जिल्ला विकास समितिको सभापति तथा गुल्मी कांग्रेसका उपसभापति भइसकेकी ज्वारचनलाई कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले कान्छी दिदी भन्ने गरेका थिए । त्यसैगरी राज्मन्त्री बनेका तारामान गुरुङपनि पुराना कांग्रेस कार्यकर्ता हुन । तेह्रथुमबाट निर्वाचित सांसद रहेका गुरुङ दोश्रो जनआन्दोलनका बेलामा गणतन्त्रको लाइनमा कांग्रेस जानुपर्छ भनेर जिल्ला समितिमा निर्णय गर्ने सभापतिमध्येका हुन् । 

 

]]>