देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केन्द्रीय उपाध्यक्ष सहित दुई दर्जनद्धारा फोरम लोकतान्त्रिक परित्याग

देशान्तर

काठमाडौं । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष दानबहादुर चौधरीले पार्टी परित्याग गरेका छन्। आइतबार तौलिहवामा पत्रकार सम्मेलन गरि आफू सहित दुई दर्जन वढि कार्यकर्ताले पार्टी परित्याग गरेको जानकारी दिए।

पूर्व महिला तथा बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत रहेका चौधरीले पार्टी परित्याग गरे पनि कुन पार्टीमा जाने भन्नेबारे निर्णय नलिएको दाबी गरे। तर, स्रोतका अनुसार उनी नयाँ शक्ति नेपालमा जाने बताइएको छ। केन्द्रिय उपाध्यक्ष चौधरी, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष मोहम्मद तौफिक खा, पूर्व केन्द्रीय सदस्य जैसराम यादव, जिल्ला समितिका सदस्यहरुले सामूहिक रुपमा मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका सम्पूर्ण पद, जिम्मेवारी र साधारण सदस्य समेत परित्याग गरेको प्रेस जारी विज्ञप्तिमा उल्लेख छ।

लगातारको पहल र प्रयासपछि पनि नेतृत्वले पार्टीमा देखा परेका समस्यालाई समाधान गर्न भन्दा पनि विचार सिद्धान्त र राजनीनिलाई नै आफ्नो चरम सत्ता महत्वाकांंक्षी पूर्तिका साधन बनाउने गरेको चौधरीले आरोप लगाएका छन्। पञ्चायत कालमा प्रधानपञ्च हुँदै राजनीति सुरु गरेका चौधरी सद्भावना पार्टी, नेकपा एमाले, फोरम लगायत विभिन्न पार्टी परिवर्तन गर्दै मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक पार्टीमा आएका थिए।

]]>