देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महरालाई मौकैमौका !

देशान्तर

काठमाडौ । माओवादी शान्ति प्रक्रियामा आएपछिका १० मध्ये ५ सरकारमा सहमागी महरलो ३ पटक उपप्रधानमन्त्रीसहित शक्तिशाली मानिने गृह, अर्थ, परराष्ट्र र सञ्चार मान्त्रालयको जिम्मेवारी फेरि फेरि सम्हालिसकेका छन् ।

भुमिगत राजनीति छोडेर २०६३  मा माओवादी शान्ति प्रक्रियामा सामेल भएपछि पछिल्लो चुनाव सकिँदासम्म १० वटा सरकार बने ।  तीमध्ये ७ वटा सरकारमा माओवादी प्रत्यक्ष संलग्न भयो, जसको अधिकतम लाभ पाउने ब्यक्ति हुन् कृष्णबहादुर महरा ।

माओवादी संलग्न सातमध्ये पाँचवटा सरकारमा महरा मन्त्रालय फेरि फेरि मन्त्री बने । तीनपटक उपप्रधानमन्त्रीसहित उनी शक्तिशाली मानिने गृह, अर्थ, परराष्ट्र र सञ्चारमन्त्री बने ।

१० बर्ष अवधिमा अधिकतम लाभको पदमा पुग्ने माओवादी नेताको सुचीको नम्बर १ मै पर्ने महरालाई अहिले झन् आकर्षक पद प्राप्त भएको छ, पाँचवर्षे कार्याकालसहितको सभामुख ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।