काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले पनि भ्रष्टाचार नगर्ने अरु कसैले गरे आफनो लागि सैह्य नहुने चेतावनी दिएका छन ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,वीर अस्पताल सर्जिकल भवनको शुक्रबार शिलान्याश गर्दै उनले देश विकाशमा समर्पित हुन सवैलाई आह्वान गर्दै तोकिएकै समयभित्र काम सम्पन्न नगर्नेलाई कडा कारबाही गर्ने बताएका छन ।
प्रतिष्ठानले ताकीएको समयभित्रै काम सम्मन्न गर्ने प्रतिबद्धता व्यक्त गरेकाले आफु सर्जिकल भवनको शिलान्याश गर्ने आएको उनको भनाई थियो । अव बन्ने नेपाल भनेको गतिशील हुने भन्दै त्यसमा कसैलाई पनि आलटाल गर्ने छुट नहुने प्रधानमन्त्री ओलीले बताएका छन । अबका दिनमा सरकारले कडा निगरानी राख्ने उनको भनाई थियो ।
प्रतिक्रिया