काठमाडौं – काठमाडौँको टुंडिखेलमा आज विहानैबाट बृहत रक्तदान कार्यक्रम सुरु भएको छ ।
गिनिज वल्र्ड रेकर्डमा सबैभन्दा धेरै रक्तदान गरेको रेकर्ड राख्न विभिन्न संघसस्थाहरुले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । एकै दिन सबैभन्दा धेरै रक्तदान गरेर नेपालको नाम विश्वसामु फैलाउन मद्दत पुग्ने आयोजकहरुले विश्वास लिएका छन् ।
नेपालको स्वास्थ संस्थामा विधमान् रगतको कमीलाई परिपूर्ति गर्न र नेपाललाई विश्वसामु चिनाउनको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लब काठमाडौंका अध्यक्ष अखिल श्रेष्ठले बताए । अपरान्ह ४ बजेसम्म चल्ने रक्तदान कार्यक्रममा ३ हजार भन्दा बढीले रक्तदान गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा १८ वर्ष देखि ५५ वर्षसम्मका व्यक्तिले रक्तदान गर्नसक्ने पनि श्रेष्ठले बताए।
प्रतिक्रिया