काठमाडौं । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताका लागी गठित कार्यदलले समयसीमा भित्र काम नसकेपछि म्याद थप गर्ने तयारी भएको छ ।
एकीकृत पार्टीको विधान र संगठनात्मक कार्यदल तथा राजनीतिक कार्यदल दुबैले प्रतिवेदन तयार पार्न भोलीसम्मको समयसीमा पाएका छन् । विधान र संगठनात्मक कार्यदल सदस्य गोकर्ण बिष्टले काम सम्पन्न गरी प्रतिबेदन बुझाउन थप एक साता लाग्ने भएकाले सोही अनुसार म्याद थप गर्ने तयारी भएको बताए । कार्यदलले मस्यौदा लेखनको काम करिब करिब टुङग्याईसकेको उनको दाबी छ ।
तर त्यसमा केहि छलफल आबश्यक रहेकाले थप केही दिन समय लाग्ने बिष्टले बताए । राजनैतिक कार्यदल सदस्य सुवास नेम्वाङले कार्यदलले भोलीसम्ममा आफ्नो काम सम्पन्न गर्न नभ्याउने बताएको उनले भने ‘समयसिमा भित्र काम सम्पन्न गर्न नसक्ने देखिएको छ । २ पार्टीको एकतालाई सहयोग पुग्ने हेतुले एमाले माओबादी शीर्ष नेताहरुले बिभिन्न ४ कार्यदल गठन गरेका थिए । सबै कार्यदलको समयसीमा भोली सकिदैछ
प्रतिक्रिया