देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओली रिटको परामर्शमा

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु बिरुद्ध सर्वोच्च अदालतमा परेको रिटका बिषयमा कानुबिद् तथा कानुन व्यावसायीहरुसंग परमर्श लिने भएका छन ।

संसदबाट सांसदको सपथ नखाई प्रधानमन्त्रीको सपथ खाएका ओलीले आफु बिरुद्ध सर्वोच्चमा रिटपरेपछि आलीले कानुनि सल्लाह लिन लागेका हुन । ओलीले बिभिन्न क्षेत्रका कानुन ब्वयवसायी र बिज्ञहरुसंग रायलिन सुरु गरेको एमाले नेताहरुले बताएका छन ।

संसदमा सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । शपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने भएकाले त्यसरी बनेका व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले रिट दायर गरेका थिए ।

रिटमा प्रधानमन्त्री ओलीको नियुक्ती असंवैधानिक भएको भन्दै बदर गर्न समेत माग गरिएको छ । रिटको पेशी भोलीका लागि तोकिएको सर्बोच्चले जनाएको छ । एमालेका अध्यक्ष समेत रहेका ओली गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

भोली रिटमाथि सुनुवाई सुरु हुने भएपछि ओलीले पुनः सपथ लिने कि नलिने भन्ने बिषयमा परामर्श सुरु गर्नुभएको बताईएको छ ।