देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरिया जाने अर्को अवसर

देशान्तर

काठमाडौं । कोरियामा रोजगारीका लागि जान चाहनेका लागि इपीसएस परीक्षाको आवेदन चैतमा खुल्ने भएको छ ।

श्रम तथा रोजगगार मन्त्रालय अन्तगर्तको वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखाले परीक्षाको आवेदन तथा परीक्षा सञ्चालनसम्बन्धी सूचना प्रकाशित गरी आवेदन तथा परीक्षा मिति सार्वजनिक गरेको छ ।

आवेदन दिन चाहनेहरुले चैत ८ गते देखि १७ गते सम्म आवेदन भर्नुपर्ने छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले इपीएस नेपालको वेवसाइटमा गई अनलाइनबाटै आवेदन भर्न सक्नेछन् ।

परीक्षा जेठ २६ र २७ गते तय भएको छ । परीक्षाका लागि काठमाडौँ र पोखरामा केन्द्र तोकिएको इपीएस कोरिया शाखाले जनाएको छ । पोखरामा १२ हजार जनाले परीक्षा दिन पाउनेछन् ।

आवेदन शूल्क २४ डलर तोकिएको छ । यसपटक कुल ७ हजार १०० जना उत्तीर्ण गरिनेछन । जसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको छ ।