देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीको शपथ खारेजीको माग गर्दै सर्वोच्चमा रिट

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। संसद्को सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध रिट परेको हो। सपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले रिट दायर गरेका हुन्।

रिटमाथि शुक्रबारका लागि पेशी तोकिएको छ। एमालेका अध्यक्ष समेत रहेका ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले त्यही दिन प्रधानमन्त्रीको लागि दाबी गरेका थिए र सपथ पनि लिएका थिए। प्रधानमन्त्री बनेपछि मात्रै उनी दलको नेतामा चयन भएका थिए।

सांसदको रुपमा भने ओलीसहित सम्पूर्ण सांसदहरुले फागुन २० मा सपथ लिएका थिए। सर्वोच्चले रिटमा दाबि गरेजस्तै आदेश दिएमा ओलीले फेरि शपथ लिनुपर्ने छ । संविधानमा प्रधानमन्त्रीको शपथ लिनका लागि सांसदको शपथ गर्नु पर्ने वा नपर्ने भन्ने स्पष्ट व्यवस्था छैन् । तर संघीय संसदको सांसद प्रधानमन्त्री बन्न सक्ने व्यवस्था छ ।