देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केसीलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश

देशान्तर

काठमाडौँ — सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई तीन दिनभित्र स-शरीर सर्वोच्च अदालतमा उपस्थित हुन आदेश दिएको छ । अदालतको अवहेलना सम्बन्धि नयाँ दर्ता भएको मुद्दामा सर्वोच्चले केसीलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

गोविन्द बोहराले फागुन १६ गते दर्ता गरेको निवेदनको प्रारम्भिक सुनुवाई गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले यो आदेश जारी गरेको हो । यो सहित डा. केसी विरुद्ध सर्वोच्च अदालतमा तीनवटा मुद्दा विचाराधीन छन् ।

केसीले विभिन्न समयमा प्रधानन्यायाधीश पराजुलीकाबारेमा दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै कारबाहीको माग राखी निवेदन दर्ता भएको थियो ।कान्तिपुर