देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारमा सहभागी हुने फोरमको निर्णय

देशान्तर

काठमाडौं । संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरेको छ । फोरम पदाधिकारीहरुको मंगलबार विहान बसेको बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

नेताहरुका अनुसार आजै वाम गठबन्धन र फोरमबीच सहमति गर्ने तयारी छ । एमाले र माओवादीले सहमतिका आधारमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

तर, मन्त्रालय भागवण्डा नमिलेका कारण सहमतिले अन्तिम रुप पाउन सकेको थिएन । वाम गठबन्धनले दुई मन्त्री र एक राज्यमन्त्री प्रस्ताव गरेको छ भने फोरमले उपप्रधानसहित तीन मन्त्री र उपसभामुखमा दाबी गरेको छ ।