दाेलखा । नर्वेका अन्तराष्ट्रिय विकास मन्त्रालयका मन्त्री निकोलाई अस्ट्रप आज नेपाल आउने भएका छन् ।
दुईदिने भ्रमणका क्रममा उनी नेपाल आउन लागेको काठमाडौँ स्थित नर्वेजियन दुतावासले जनाएको छ । भ्रमणका क्रममा मन्त्री निकोलाईले नेपालका उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको दुतावासले जनाएको छ ।
नेपाल बसाईका क्रममा नर्वेजियन मन्त्रीले दोलखाको विगु गाउँपालिकामा नर्वेजियन दुतावासको सहयोगमा निर्मित विद्यालयको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
दोलखामा उनले स्थानीय विद्यालय व्यवस्थापन समिति तथा गाँउपालिकाका प्रतिनिधिसँग भेट गर्नेछन् ।
त्यस्तै उनले नेपाल बसाईका क्रममा खिम्ती जलविद्युत परियोजनाको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ । खिम्ती जलविद्युत आयोजनामा नर्वेको लगानी रहेको छ ।
प्रतिक्रिया