१ः भ्रम
रजस्वलाको समयमा महिला अशुद्ध हुन्छन् ।
यथार्थः यस्तो केही पनि होइन । रजस्वला एक प्राकृतिक प्रक्रिया हो, जहाँ अजफर्टिलाइज्ड अण्ड शरीरबाट निस्कन्छन ।
२ः भ्रम
रजस्वलाका दौरान महिला गर्भवती हुनै सक्दैनन् ।
यथार्थः रजस्वालाका दौरान यदि असुरक्षित शारीरिक सम्बन्ध राखियो भने गर्भ बस्न सक्छ ।
३ः भ्रम
रजस्वला रोकियो भने महिला गर्भवती भएको अनुमान लगाइन्छ ।
यथार्थः रजस्वला नहुँदैमा महिला गर्भवती भइन् भन्ने होइन । तनाब,खराब आहार र हार्मोनल परिवर्तनका कारण पनि महिलाको रजस्बता रोकिन सक्छ ।
४ भ्रम
रजस्वलाका दैरान मन्दिर बा किचेनमा जान मिल्दैन ।
यथार्थः रजस्वलाको सम्वन्ध अशुद्धतासँग जोडिएको छैन । त्यसैले मन्दिर वा किचेन अपवित्र हुने भन्ने हुँदैन ।
५ःभ्रम
रजस्वलाको दौरानमा तातोपानीले नुहाउनुहुँदैन ।
यथार्थःरजस्वलाको समयमा तातोपानीले हुहाउन सक्नुहुन्छ । यस्तो गर्दा मांसपेशीले आराम पाउँछ । दुखाइ कम हुन्छ ।
६ःभ्रम
रजस्वलाको समयमा शारीरिक व्यायाम गर्न मिल्दैन ।
यथार्थः व्यायाम गर्न सकिन्छ । यस्तो गर्नाले मांसपेशीलाई पर्याप्त अक्सिजन मिल्छ । मांसपेशीको दुखाइ र समस्या कम हुन्छ ।
प्रतिक्रिया