देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अफगानिस्तानका राष्ट्रपतिले गरे तालिवानी विद्रोहीलाई वार्ताको प्रस्ताव

देशान्तर

एजेन्सी, अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवानी विद्रोहीलाई शान्ति वार्तामा आउन प्रस्ताव गरेका छन् ।राष्ट्रपति घानीले १६ वर्षदेखि युद्धमा रहेको तालिवानलाई विनासर्त वार्तामा आउन आह्वान गरेका हुन् ।काबुलमा भएको शान्ति सम्मेलनलाई सम्बोधन गर्दै उनले युद्धविराम र बन्दी आदानप्रदान गर्ने प्रस्ताव गरेका हुन् ।त्यसका लागि तालिवानले अफगानिस्तान सरकारलाई मान्यता दिनुपर्ने र कानुनको पालना गर्नुपर्ने बताए ।यसअघि शान्ति वार्ताको प्रस्ताव गरिएको भए पनि तालिवानले आक्रमण नरोक्दा सफल हुन सकेको थिएन ।तालिवानले भने अफगानिस्तानको नेतृत्वले गर्ने व्यवहारमा शान्ति वार्ता भर पर्ने बताएका छन् ।