देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेयर बजार : नेप्से परिसूचक १८ अंकले घट्यो

देशान्तर

काठमाडौं। बुधबार नेप्से परिसूचक १८ दशमलब ८२ अंकले घटेर १ हजार ३ सय ४५ दशमलब ८२ अंकको बिन्दुमा रोकिएको छ।

बुधबार १ सय ६० कम्पनीको ५४ करोड ३४ लाख ३१ हजार ५ सय ८३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। मंगलबारको बजारमा भने ५५ करोड ६८ लाख ६० हजार ३ सय ५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

बुधबार कारोबारमा आएका समूहमा गिरावट आएको छ। बिमा समूहका लगानीकर्ताले १ सय ५१ दशमलब २२ अंकको घाटा बेहोर्नुपरेको छ। जलविद्युत् समूहमा २८ दशमलब ७८ अंकले गिरावट आएको छ।

कारोबारको आधारमा प्रभु बैंक अग्रस्थानमा छ। बैंकको ६ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोछ। त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सको ४ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बुधबार सिभिल बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्यमा १० रुपैयाँ अर्थात् ५ दशमलब ८४ प्रतिशतले गिरावट आएको छ भने सूर्योदय लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य ४० रुपैयाँ अर्थात् ३ दशमलa ९९ प्रतिशतले बढेको छ।