देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मानव बेचविखनमा संलग्न व्यक्तिलाई नछाड्न दबाब

देशान्तर

काठमाडौं । महिला तथा बालबालिका बेचविखन विरुद्ध सहकर्मी समूह नेपालले मानव वेचविखनका अपराधीलाई कडाभन्दा कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

समूहले मानव बेचविखनमा संलग्न कुनै पनि व्यक्तिलाई छाड्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

आज काठमाडौंमा गरिएको कार्यक्रममा मसूहकी अध्यक्ष अन्जना शाक्यले मानव वेचविखनको आरोपमा किटानी जाहेरी पछि पक्राउ परेका नुवाकोटका सुनबहादुर तामाङलाई अदालतले छोड्ने आदेश दिएकोमा आपत्ति जनाइन् ।

उनले त्यस्ता व्यक्तिलाई छाड्दा बेचविखनबाट पीडितको सुरक्षा, संरक्षण तथा न्यायमा पहुँचको सुनिश्चिततामा ठूलो चुनौती थपिएको बताइन् ।