देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हास्य कलाकार आरपी भट्टराई (लाजालाम)को निधन

देशान्तर

विराटनगर । हास्य कलाकार रुद्रप्रसाद (आरपी) भट्टराईको ४१ वर्षको उमेरमा आज बिहान असमायिक निधन भएको छ । 

विराटनगरको पोखरियास्थित आफ्नी दिदीको घरमा गएराति खाना खाएर सुतेपछि आज बिहान उनी ओछ्यानमा मृत अवस्थामा पाइएको पारिवारिक स्रोतले जनाएको छ । 

उनको निधन हृदयघातको कारणले भएको अनुमान गरिएको छ । मोरङको मधुमारास्थित जयनेपाल चोकमा घर भएका उनले नेपाल टेलिभिजनको चर्चित सिरियल ‘तीतो सत्य’ मा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

उनको एक श्रीमती र दुई छोरा छन् । हाटखोलास्थित सिग्याहा घाटमा दाहसंस्कार गरिने उनका शुभेच्छुक हरि भट्टराईले जानकारी गराए । 

]]>