एजेन्सी । दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन हेले गरेको भनिएको भ्रष्टाचारको काण्डमा ३० वर्षको जेल सजाय माग गरिएको छ । यहाँका सरकारी वकिलले पूर्व राष्ट्रपति हेले गरेको भ्रष्टाचार र शक्तिको दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उनलाई ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरेका छन ।
६६ वर्षकी पार्कले भ्रष्टाचार गरेको र आफू राष्ट्रपति रहँदा शक्तिको दुरुपयोग गरेको आरोपमा मुद्दा चलिरहेको छ । यो मुद्दामा गएको झण्डै एक वर्षदेखि सुनुवाई जारी रहेको छ । गएको वर्षको मार्च महिनामा उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो । यस मुद्दाको सुनुवाई दक्षिण कोरियाको सर्वोेच्च अदालतमा जारी छ । उनलाई गएको वर्ष्दिनदेखि प्रहरी हिरासतमा राखिएको छ ।
प्रतिक्रिया